Logo

भारतवाट बर्दिया आएर किन यि महिलाले नदिमा हाम फालिन् ? प्रहरीले यसरी जोगायो ज्यान



काठमाडौ । बर्दियामा एक भारतीय महिलाले दे’ह त्या’गको प्रयास गरेकी छन् । उनले बर्दियाको गुलरिया नजिकमा रहेको भादा नदिमा हाम फालेर यस्तो प्रयास गरेकी हुन् । समयमै प्रहरीले देखेका कारण उनको ज्यान बचेको छ । प्रहरीले उनलाई बेलैमा उद्दार गरेको छ । ति भारतीय महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर दे’ह त्या’गको प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले उनी शकुसल रहेको जानकारी दिए ।

शुक्रवार झन्डै ५ बजेतिर महिला भादा नदिमा पुगेकी थिइन् । उनी नदिमा हाम फालेको खबर पाएपछि प्रहरी पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मणिराज भट्टको क मा न्ड मा गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

बर्दिया अस्पताल गुलरियामा उपचारपछि सोधपुछ गर्दा नाम र ठेगाना खुलेपछि ती महिलालाई भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम पञ्चायतका गाउँ प्रधानसँग समन्वय गरी श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता