Logo

जग्गा किन्ने बहानामा आएका लुटेराको कु*टपिटबाट मृ*त्यु



भत्तपुर, असोज २३ । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कु*टपिटबाट जग्गा देखाउन गएका एक जनाको मृ*त्यु भएको छ चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीबार स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृ*त्यु भएको हो।

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा आज मृत्य्ु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले बताए।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। कुटपिटपछि फरार दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ।रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता