Logo

सुरेशलाई यसरी भेटेको थियो प्रहरीले :बयानमा भन्छन् ‘पाइन्ट खोलेको र लाएको मात्र थाहा पाएँ’



काठमाडौं । पशुपंछीको आवाज निकाल्न सक्ने सन्तोषी सुब्बाको घटनामा सिन्धुपाल्चोकका युवक सुरेश तिमिल्सिना गाडीमा काम गर्छन । उनलाई प्रहरील पक्राउ गरी सार्वजनिक गरिसकेको छ । सुरेशले सन्तोषीको घटना आफुले गरेको स्वीकार प्रहरी समक्ष गरिसकेका छन् । उनी दक्षिणकालीमा बस्दै आएका थिए ।

सन्तोषीसँग उनले घटनाको दिन मात्र भेटेको बताएका छन् । खान र बस्न मुश्किल परेको भन्दै उनले सहयोगको आशा राखेकी थिइन् । तर, सुरेशले सन्तोषीसँग सम्बन्ध राख्न खोजे पछि घटना भएको बताइएको छ । सन्तोषीले प्रतिकार गरेका कारण घटना भएको हो ।

सन्तोषी ५ असार शनिबार पारेर दक्षिणकाली पुगेकी थिइन् । उनी सोही दिन त्यहीँको होटलमा बास बसेकी थिइन् । पशुपंछीको आवाज निकाल्ने कला पनि देखाएकी थिइन् । ६ असारमा चीया खान पसलमा जाँदा उनलाई सुरेश तिमिल्सिनाले भेटेका थिए ।

पशुपंछीको आवाज निकाल्ने भनी परिचय दिएका थिए । सुरेशलगायतका साथीहरु भ ट्टी पसलमा बसेका थिए । सन्तोषीलाई पनि खाजा खुवाएका थिए । साँझ भएपछि सन्तोषीले बास मागेकी थिइन् ।

सन्तोषीले बास मागेपछि सुरेशले आफूसँगै गाडीमा बस्न अफर गरे । सन्तोषीलाई गाडीमा लैजाने भनेर जंगल तर्फ लिएर गए । जंगलमा सम्बन्ध राख्ने विषयमा विवाद भयो । सन्तोषीले त्यसको विरोध गरेकी थिइन् । सुरेशले भने ज र्ब जस्ती गर्न खोजे ।

सन्तोषीले प्रतिकार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बयानमा पनि सुरेशले त्यस्तै भनेको प्रहरीले बताएको छ । सन्तोषी कराउन लागेपछि सुरेशले आ वेश मा आएर घटना गराएको प्रहरी अनुसन्धानवाट देखिएको छ । सन्तोषीले घटनाबारे खोलिदिने भनेपछि सुरेशले घटना लुकाउन सन्तोषीलाई नै संसारवाटै विदा गरिदिए । अनुहार समेत नचिनिने बनाएर छोडे ।

सुरेशले बयानका क्रममा आफु मा ते को बताएका छन् । मा ते को तालमा सम्बन्ध भए नभएको भने आफुलाई थाहा नभएको उनको भनाई छ । मलाई पाइन्ट खोलेको र लगाएको मात्र याद छ उनले वयानका क्रममा प्रहरीलाई भनेका छन् ।

सन्तोषीको सलमा वी र्य पनि भेटिएको छ । उनको भेजाइनल स्वाब परीक्षणका लागि लगिएको छ । घटनाको दिन नै सुरेर ट्याक्सी चढेर दक्षिणकालीबाट हिँडेका थिए । उनी असनस्थित साथीको घरमा लुकेर बसेका थिए । प्रहरीले घटनापछि त्यस क्षेत्रमा नरहेकाहरुको निगरानी गर्दा सुरेश नरहेको खुल्यो । त्यसपछि उनीसँग सम्पर्क गर्दा ढाँटेका थिए । प्रहरीले अनुसन्धानको सुई उनीमाथि घुमायो । असनमा लुकेर बसेको खुलेपछि मोबाइल ट्रयाक गरी कोठा पत्ता लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता