Logo

झापाका यस्ता चोर जसले महिलाका ब्रा र पेन्टी चोर्ने गर्दथे, कारण थाहा पाएर तपाई पर्नुहुनेछ चकित



 

चोर भन्ने बित्तिकै सुनचाँदी, पैसा वा महँगा–महँगा सामान चोर्ने भन्ने बुझिन्छ । तर, कसैले महिलाले लगाउने भित्री वस्त्र ब्रा र पेन्टी चोर्छ भन्दा तपाईंलाई हाँसो लाग्ला ।

हो, नेपालकै झापा जिल्लामा केही समय अघि यस्तो एक घटनाको खुलासा भएको थियो जब महिलाको ब्रा र पेन्टी चोर्दै हिँडेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्लाको भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी चोरी हुन तथा हराउन थालेपछि प्रहरीमा उजुरी परेको थियो ।

जसमा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय एक युवकलाई महिलाका थुप्रै ब्रा र पेन्टीसहित समातेपछि यस्तो रहस्य बाहिरिएको थियो । ती युवालाई ब्रा र पेन्टी चोरेर भाग्दाभाग्दै प्रहरीले समातेको थियो ।

यता, प्रहरीले भने चोरी गर्नेलाई रंगेहारत पक्राउ गरे पनि यस्तो केस पहिलोपटक प्रहरीमा आएको बताएको थियो । ‘कोही युवकले महिलाको भित्री कपडा चोर्छ भन्दा पत्याउनै मुस्किल भयो । तर, हामीले चोरेर भाग्दाभाग्दै समात्यौं पनि,’ तत्कालिन इन्पेक्टर प्रकाश जबेगुले पत्रकारलाई भनेका थिए, ‘अझै पनि हामीलाई यो केस अनौठो लागिरहेको छ ।’

ब्रा र पेन्टी चोर्दाचोर्दै भागेका व्यक्तिलाई प्रहरीले पक्रेर बयान लिँदा ती युवकको बयान सुनेर प्रहरी झन् छक्क पर्यो । यी युवकले प्रहरीसँग आफूले महिलाका ब्रा र पेन्टी चोरी गरी सुँघेर आनन्द लिने गरेको बताएका थिए । प्रहरीले अनुसन्धानबाट ती युवकलाई ब्रा र पेन्टी सुँघ्ने ल त लागेको पत्ता लगायो ।

ती युवकले लामो समयदेखि अविवाहित र विवाहित महिलाका ब्रा र पेन्टी सुँघेर आनन्द लिने गरेको बताएका थिए । अनौठो र सामान्य लाग्ने केसमा प्रहरीले पक्राउ गरेका युवकलाई फेरि यस्तो नगर्ने सर्तमा सम्झाएर छाडिदिएको थियो । त्यसपछि भद्रपुर एरियामा यस्ता घटना हुन छोडेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता