Logo

बिष्णु बरालले श्रीमानसंग टिकटक बनाएको भिडियो बाहिरियो, बिष्णु र प्रदिपको प्रेम टिकटकमा मात्र सिमित थियो त रु फुपूलाई पक्राउ नगर्नुको कारण के हो? (भिडियो हेर्नुस्)



काठमाण्डौ। माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । माइतीले विवाहमा दाइजो कम भएको गुनासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् । माइती पक्षले दिएको सुन कम भएको भन्दै गुनासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।

बिवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उजुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ । बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान फितलो भएको भन्दै दुई दिन अघि वुटवल स्थित प्रहरी कार्यालयमा विष्णुका माइती पक्षले नारावाजी गरेका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै विरोध गरिएको थियो । प्रहरी कार्यालय अगाडी भिड जम्मा भएपछि केही वेर विवाद समेत भएको देखिएको थियो । पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको रहस्यम निधन भएपछि सो घटना विवादित बनेको छ ।

माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो । तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि विवाद सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता