Logo

छातीमा गोलि थाप्न तयार छौ तर काठमाडौंबासीलाई मेलम्चीको खानेपानि दिदैनौ, हेलम्बुबासीको यस्तो चे तावनी (भिडियो हेनुस्)



 

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई हामी सबै परिवारले नै भोट दिएको हो । तर उहाँ वाढी पीडित वस्तीमा आउनुभयो तर हेलम्बुमा आउनु भएन । अप्ठेरो परेको बेलामा हामीलाई हेर्न पनि आउनु भएन निकै दुख लाग्यो । हामीलाई अप्ठेरो पर्दा सरकारले पनि हेरेको छैन । यति धेरै क्षती भएको छ हेलिकप्टर आउँछ केही पोका चाउचाउ खसालेर जान्छ । यस्तो अवस्थामा हामीले अब कुन नेतालाई भोट किन दिने रु

अब काठमाडौबासीले मेलम्चीको पानी खाउँला भनेर नसोचे पनि हुन्छ । मेलम्चीमा आएको बाढीका कारण आफ्नो सर्वश्व गुमाएका स्थानियको यो आक्रोश हो । अहिले हामीले चेतावनी दिएका छौं यस्तै वेवास्ता भयो भने हामी निर्णयनै गर्न बाध्य हुनेछौं । आफ्नो पुर्खा देखि दुख गरेर जम्मा गरेको सबै सम्पत्ती सकिदा पनि सरकारले वास्ता नगरेका कारण उनीहरु आक्रोशित भएका छन् ।

अब पनि बाटोको राम्रो ब्यवस्था नभए, हामीलाई सुरक्षित राख्ने तर्फ ध्यान नदिए मेलम्चीको पानी काठमाडौ जाने अवस्था रहन्न । हामी अवरोध गर्छौ । राहत र सहयोगका लागि भनेर काठमाडौवाट कोही आउँछन् तर मेलम्ची बजार डुलेर फर्कन्छन् । हेलम्बु सम्म कोही पुग्न सक्दैनन् ।

हेलम्बुमा राहत नपुगेको खबरपछि केहीले हेलिकप्टरमार्फत सहयोग पुर्‍याउन थालिएको भएपनि त्यो ब्यवस्थित हुन सकेको छैन । राहत ल्याउनेहरुले मनपरी गर्न थालेको स्थानीयको आरोप छ। नेकपा एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्षसमेत रहेका हस्त पण्डितले आइतवार सामाजिक सञ्जाल फेसबुकमा हेलिकप्टरमा आएको राहतमाथि प्रश्नसमेत गरेका छन्।

हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन रु सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको रु १० थान पी फोम, १९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति ? उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता