Logo

अन्तत ओलीले भने, ‘जो प्रधानमन्त्री बन्ने हो बन्नुहोस्, सक्नेभए अब मलाई बिदा दिनुहोस्’

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनैतिक घटनाक्रमबाट निराश देखिएका छन् । नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भएका छन् । विहिवार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सोही कुराको जानकारी गराएका छन् ।

संसदमा ठूलो दलको हैसियतले राष्ट्रपतिवाट प्रधानमन्त्री भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर ओली सो प्रकृयामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।

यसो त विहिवार नेपालको राजनीतिमा अन्य दुई वटा ठूला घटना पनि भए । जसमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल दुवै घटनावाट प्रभावित भए । एकातिर हेटौंडामा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजय भए भने अर्को तर्फ सर्वोच्च अदालतले उनको मन्त्री पद पनि खारेज गरिदियो ।

मन्त्रीपरिषदको सिफारिस आए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार एक विज्ञप्ति जारी गरेकी छिन् । राष्ट्रपतिको कार्यलयबाट संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गदैं विज्ञप्ति जारी भएको हो ।

यसअघि मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएका थिए । यस लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा शुक्रबार बेलुकासम्मको समय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता