Logo

सपथ लिँदालिँदै प्रम ओलीले ‘त्यो पर्दैन’ भनेपछि राष्ट्रपतिको हाँसो (भिडियो हेर्नुस्)



काठमाडौ । शुक्रवार केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिए । तर सपथका क्रममा केही अनौठो दृष्य पनि देखियो । प्रधानमन्त्री ओलीले सपथ ग्रहणका क्रममा राष्ट्रपतिले दोहोर्याउन भनेका केही शब्द उच्चारण गर्न चाहेनन् । एक पटक भन्दा प्रधानमन्त्रीले उच्चारण नगरेपछि राष्ट्रपतिले फेरी दोहोर्याइन् । प्रधानमन्त्री ओलीले भने त्यो पर्दैन्‘ अनि राष्ट्रपति भण्डारी हाँसिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका हुन् । सपथ गराउँदै गर्दा ‘म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सापथ गराउँदै गर्दा प्रम ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएपछि पुनः यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्याउँदा प्रम ओलीले यो पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्।

बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन्।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि वैशाख २७ गते संसदमा विश्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए। तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता