Logo

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त (विज्ञप्तिसहित)



काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । उनले आज संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रधानमन्त्री नियुक्त ओलीको भोलि नै सपथ हुनेछ ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

ओली यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा प्रधानमन्त्री भएका थिए । दोस्रोपटक दुई तिहाईको बहुमतप्राप्त प्रधानमन्त्री भएका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय ३० वैशाखको साँझ ९ बजे सकिएको थियो । कसैले पनि बहुमतको प्रधानमन्त्री बन्न दाबी प्रस्तुत नगरेपछि संविधान अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता