Logo

प्रकाश सपुत भन्छन्ः म र्छु जस्तो लागेको थियो तर बाँचे



म गीतमार्फत एउटा ‘अनागरिक’का रुपमा यो राज्यसँग, यो देशसँग, यहाँका नागरिकसँग, सबैसँग प्रश्न गर्ने तयारीमा थिएँ, ‘मेरो पनि हैन र यो देश रु’गीत सम्पादनको क्रममा थियो। म कुर्सीमा बसेर जतिबेला गीत हेरिरहेको हुन्थेँ, भिडियोमा आफूलाई निकै फुर्तिलो र जोशिलो पाउँथे। तर यथार्थमा भने शारीरिक रुपमा एकदमै कमजोर महसुस गरिरहेको थिएँ। कुर्सीमा बस्दा व्याकपेन भइरहेको हुन्थ्यो। यसरी दुई दिनजसो निरन्तर शरीर एकदमै गल्ने, एकदमै थकान महसुस भइरह्यो।

देशमा कोरोनाको दोस्रो लहर फैँलदै थियो। तैपनि मैले यी लक्षणहरुलाई टेरिनँ। लाग्यो– सायद कामको धपेडीले यस्तो भएको हो। त्यसपछि अर्को एकदिन शरीर साह्रै दुख्यो। राति एकदमै धेरै छट्पटी भयो, सुत्नै नसक्नेगरी। छातीमा घरीघरी के आएर बसेजस्तो १ अबचाँहि मलाई शंका भयो। भोलिपल्टै कोरोनाको पीसीआर टेस्ट गराएँ। परिणाम पनि अनुमान गरेजस्तै आयो– पोजिटिभ।

पोजिटिभ देखिएपछिको चारदिन मलाई निकै सकस भयो। ज्वरो आएन, खोकी लागेन तर शरीर निकै दुख्यो। मनमा अनेक किसिमको सोच आइरहने। आँत कमजोर हुने। एन्जाइटीजस्तो १ डरजस्तो १ म त मर्छुजस्तो लाग्ने १ यो कोरोनालाई म सहजै जित्छु भने पनि मानसिक रुपमा यसले कमजोर भने बनाउने रहेछ।

चार रात म सुत्नै सकिनँ। होम आइसोलेसनमै बसेँ। औषधि केही चलाइनँ। अलिकति दूरीमा बसेँ। सुत्न नसके पनि सुत्ने प्रयास गरिरहेँ। स्वादै नआए पनि झन धेरै खाना, झोलहरु खाने प्रयास गरिरहेँ।

यो बीचमा मन कतै नअडिने भने भइरह्यो। तर, भर्खर गीत रिलिज भएको थियो। सकारात्मक प्रतिक्रिया आइरहेका थिए। बिरामी अवस्थामा त्यस्ता प्रतिक्रियाले अलिकति भए पनि औषधिको काम गर्ने रहेछ। मानसिक रुपमा म अलिअलि त्यता पनि बाँधिए। त्यसले गर्दा पनि म चाँडै कोरोनामुक्त भए कि भन्ने पनि लाग्छ।

यो बीचमा आफ्नो बिरामी अवस्थालाई भुलाउन, मानसिक रुपमा बलियो बनाउन मैले नेटफ्लिक्समा चलचित्र, सिरिजहरु हेरेँ। शरीरको पोजिसन मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले किताबचाँहि पढ्न सकिनँ। यसरी कोरोना पोजिटिभ देखिएको पाँचौ दिनपछि मैले आफूलाई सन्चो महसुस गरेँ। लाग्यो, अब मैले कोरोनालाई जितेँ। ६ दिनपछि टेस्ट गराउँदा परिणाम पनि नेगेटिभ नै आयो।

मेरो अनुभूतिमा कोरोनाले गलाउन त निकै गलाउँछ तर मानसिक रुपमा आफूलाई बलियो राख्न सकियो भने जितेरै छाडिन्छ। खासगरी मन भूलाउन सक्नुपर्ने रहेछ। म कोरोना संक्रमित हुँ, बिरामी छु भन्ने सोचबाट आफूलाई पर लाने प्रयत्न गर्नुपर्ने रहेछ। मलाई संक्रमण भएको केही समयपछि मेरो भाइ देबेन्द्र बब्लुमा पनि संक्रमण भयो। हामी दुवै अहिले निको भयौँ तर गाउँमा आमा अझै संक्रमित हुनुहुन्थ्यो। त्यसैले हामी दुवै बागलुङस्थित गाउँमा आइसकेका छौँ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता