Logo

आइसियु नपाएर बुहारीको निधन भएपछि नारायणकाजीले आक्रोश पोख्दै भने, जनता ‘मारेर कसरी बस्‍न सकेको नालायक सरकार ?



काठमाडौं । आइसियु नपाएर बुहारीको दुखद निधन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आक्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश पोखेका हुन् ।

कोरोना विरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ९आफ्नो तर्फबाट कोभिड विरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै म रिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’

तेस्तै , थाहा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पोजेटिभ देखिए स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशन सहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ ।

बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र जानुभयो । स्वास्थ्य केन्द्रमा उहाँ सहित अन्य १० बिरामी पनि पुगेका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो । अहिले बिष्ट घर आइसोलेशनमा हुनुहुन्छ ।

नगरपालिकामा यही वैशाख १० गतेदेखि हालसम्म १६३ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्रमितले बताएका छन् । ती सङ्क्रमित मध्ये दुई जनाको मृत्यु भएको, आठ जना निको भएको, छ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेशनमा भने एक जनालाई पनि पठाइएको छैन ।

गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेशन कक्ष स्थापना गरेको छ । बीस श्ययाको उक्त आइसोलेशन तयार भइसकेको र सङ्क्रमितको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिनुभयो ।

आफूमा कोरोना पोजिटिभ देखिएपछि अधिकांश बिरामीहरु घरमै बस्न रुचाउने डाक्टरहरुको भनाइ रहेको छ । घर आइसोलेशनमा बस्दा परिवारसँगै बसेको अनुभूति हुने र आत्मबलको विकास हुने भएकोले सामुदायिक आइसोलेशनभन्दा घर आइसोलेशन नै रोज्ने गरेको सङ्क्रमितहरु बताउँछन् । कसैलाई सास फेर्न गाह्रो भयो वा थप केही जटिलताहरु देखियो भने स्वास्थ्यकर्मीलाई तुरुन्त घर–घरमा पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरको १, २, ३, ४ र ६ वडामा सङ्क्रमित रहेको र उनीहरु घर आइसोलेसनमा बस्दा समुदायमा जोखिम बढ्न सक्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ । डाक्टरले बिरामीको अवस्थाको आधारमा घर आइसोलेशनमा बस्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार रहे–नरहेकोबारे एकीन हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । सामान्य तथा कोरानाका बिरामीहरुलाई घरमा पठाउनु अहिलेको बाध्यता रहेको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समिति थाहा नगरका सदस्य सुरेन्द्रमान प्रधानले बताउनुभयो । “नगरपालिकाले तयार पारेको आइसोलशनमा जम्मा २० श्ययाको क्षमता छ, नगरमा डेढ सय बिरामी नाघिसक्यो, कसलाई छानेर सामुदायिक आइसोलेशनमा पठाउनुरु’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता