Logo

यी चर्चित न्यायाधीशलाई पनि लग्यो कोरोनाले



 

पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेको छ । नेपालमा अन्यदेशको तुलनामा प्रति दश हजार नागरिकमा कोरोना पुष्टी दर र मृत्यु दर उच्च रहेको विज्ञहरुले बताउँदै आएका छन् । पछिल्लो समय समाजमा चर्चित ब्यक्तिहरुलाई नै कोरोनाले टपक्क टिपेर लान थालेको छ । नेपालमा पनि ब्यवसायी, नेता, कर्मचारी कोही न कोही कोरोनाका कारण बितेको समाचार दिनहुँ आउन थालेका छन् ।

यसैबिच, काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोनाका कारण निधन भएको छ । संउनलाई कोराने पुष्टी भएसँगै स्वास्थ्यमा समास्या आएको थियो । टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको हो ।

श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको निधन भएको पहिलो घटना हो । स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरा भएको जानकारी काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।

यसअघि नेता पशुपति चौंलागाई, बैंकर निरज श्रेष्ठ लगायतको कोरोनाले मृत्यु भएको थियो । यस्तै पोखराका पत्रकार गणेश पौडेलको पनि कोरोनाका कारण निधन भएको थियो । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता