बिहेमा जन्ती आएका साथी मा’रिए, मण्डप पछाडी ११ बर्षे बालिकालाइ गरे कर णी (भिडियो हेर्नुस्)
म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ । यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले ह ‘त्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको थियो ।
टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव स’डेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन थिए जो अहिले पक्राउ परेका छन् । मृ त कका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको थियो ।
यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई कर णी गरिएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले कर णी गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । विजयले पैसाको प्रलोभनमा पारेर कर णी गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।
देवीस्थानमा एकै दिन दुई वटा अ पराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । कर णीको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् । दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।