Logo

क्वारेन्टाइनमा बस्न नमानेर स्तनको शल्यक्रिया गराएउन हिडेकी दुई महिला यसरी प्रहरीको फन्दामा



चिकित्सकीय पर्यटन भ्रमणपछि दुबईबाट फर्केपछि क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्ने आयरल्यान्डका दुईजना महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । ३० वर्षीया किस्र्टी म्याकग्राथ र २५ वर्षीया नियाम्ह मल्रिनी संयुक्त अरब इमिरेटस्बाट डब्लिन विमानस्थलमा आइपुगेको आइरिस राष्ट्रिय समाचार इडिपेन्डेन्टले जनाएको छ । क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्दै तिनीहरू डब्लिनको सान्ट्रिस्थित बाल्लीमुन गार्डा स्टेसनमा पुगेको बताइएको छ ।

तिनीहरू दुवैविरुद्ध आयरल्यान्डको वर्तमान स्वास्थ्यसम्बन्धी कानुन तोडेको अभियोग लगाइएको छ । गत मार्चको उत्तरार्धमा आइरिस स्वास्थ्य निकायले कोरोनाको खतरा रहेको मानिएका राष्ट्रहरूबाट आएका यात्रुहरूलाई होटेल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

उक्त निकायले सार्वजनिक गरेको ८४ वटा खतरनाक राष्ट्रको सूचीमा संयुक्त अरब इमिरेटस पनि परेको हो । यस्तो खतरनाक मानिएका मुलुकको ट्रान्जिटमा मात्र बसेकाले समेत १४ दिन लामो क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनेको थियो । तिनीहरू दुबईमा स्तनको आकार बढाउने शल्यक्रिया गराएर फर्केका हुन् ।

अर्को समाचार

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कोरोना महामारीका कारण मुलुकमा डरलाग्दो अवस्था सृजना भएको बताएका छन् । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका बेला नेता पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको बताए ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता पुनले भनेका छन्( ‘राजधानीमा रहेका ठुला ठुला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । त्यतिमात्र होइन उपचाररत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ रु प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ भनिरहेका छन् । स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन् ।’

नेता पुनले यस्तो बेला सरकारको मात्र भरोसा गरेर बस्न नहुने बताएका छन् । उनले भनेका छन्( ‘स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र संक्रमितको आँकडा दिनमा फुर्सद छैन । यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीति दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदी बहिनी, दाजु भाइको विशेष सहयोग आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता