Logo

आफैले जन्म दिएको बच्चाको मुख हेर्न नपाइ सिर्जनाको यसरी भयो दुःखद निधन



 

सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका–३ मा रगत नपाउँदा एक सुत्केरीले ज्यान गुमाएकी छन्। अत्याधिक र’क्तश्रा’व भएकी सिलिचोङ –३ की सिर्जना कुलुङको उपचारका लागि सदरमुकाम खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए।

अत्याधिक र’क्तश्रा’व भएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजाँदै गर्दा सिलिचोङ ३ की सिर्जनाको सोमबार राति ७ बजे मृत्यु भएको वडाध्यक्ष तामाङले जानकारी दिए।

समयमा रगत नपाउँदा सिलिचोङ(३ की सिर्जनाको मृत्यु भएको हो। सोमबार सुत्केरी बेथा लागेपछि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै सिर्जनाले नर्मल तरिकाले बच्चा जन्माएकी थिइन्। तर बच्चा जन्मिएको केही समयपछि सिर्जनाको र’क्तश्रा’व हुन थाल्यो। अत्याधिक र’क्तश्रा’व भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको थियो।

 

जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी नगरपालिका –१० चन्दनपुर आइपुगेपछि उनको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए। ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएकी सिर्जनाको अत्याधिक र’क्तश्रा’व भएपछि ताक्कू प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि जिल्ला अस्पताल रिफर गरेको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर भारती पण्डितले जानकारी दिइन्।

बच्चा जन्मिएबित्तिकै अत्याधिक र’क्तश्रा’व भएको र साल अड्किएको पछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान भनिएको स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर पण्डितले बताइन्।

सिर्जनालाई तत्काल रगत चाहिने भए पनि ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको उनका पति बलिरामले बताए।

ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा रगत दिन सक्ने अवस्था नभएपछि उनलाई जिल्ला अस्पताल रिफर गरिएको थियो। सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी बारपार गर्न सक्दैनन्।

सुत्केरी सिर्जनालाई सिलिचोङ गाउँपालिकाबाट अक्सिजनसहित एम्बुलेन्स ल्याइएको थियो। तर खाँदबारी नगरपालिका(१० हेलुवा आइपुगेपछि एम्बुलेन्स नभेटिएको र यात्रु बोक्ने अक्सिजनबिनाको गाडीमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको श्रीमान बलिरामले बताए।

कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण सिर्जनालाई बाटैमा गुमाउनुपरेको श्रीमान बलिरामले दुखेसो गरे। सिर्जनाले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता