Logo

प्रहरी जवान २५ वर्षीय जितेन्द्र शाहले गरे आँपको रूखमा गरे देह त्याग



महोत्तरीमा एक प्रहरी जवानले देह त्याग ग रेका छन् । सोमबार मध्यरातमा आँ पको रू ख मा पा सो ल गा ई उनले देह त्या ग ग रेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँ पको बो ट मा पा सो ला गे को अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।

ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले देह त्याग ग रे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – १ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको शव झु न्डि एको अ व स्थामा फेला परेको हो ।

मृ तक प्र हरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर
अर्को समाचार
व्यवस्थापन संचालन केन्द्र ९सीसीएमसी०ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता