Logo

१८ दिन देखि अस्पतालमा रहेका पूर्व राजारानी ज्ञानेन्द्र र कोमलको स्वास्थ्यको बारेमा अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती



 

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह कोरोना पुष्टि भएर १८ दिन देखि नर्भिक अस्पतालमा भर्ना छन् । उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै नर्भिक अस्पतालले विज्ञप्ती जारी गरेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अस्पताल भर्ना भएको केही दिनपछि पूर्वराजारानी कोमललाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।

यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

अर्को समाचार

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ’, ज्ञवालीको भनाइ छ ।

सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् ।
त्यसपछि सोमबार राति नेता नेपालले विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए ।

राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता