Logo

देउवाको नेतृत्वमा सरकार बनाउँछौं, हामीसँग बहुमत पुग्छ स् राजेन्द्र श्रेष्ठ (भिडियो हेर्नुस्)



काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र श्रेष्ठले अब ७६ को २ अनुसार नै सरकार बन्ने दा बी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफूहरु मिल्दा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले वैकल्पिक सरकार निर्माण गर्न आफूहरु सक्षम रहेको पनि सुनाए । पार्टी एकता कायम राख्नको लागि नै हिजो जसपाका सांसदहरुले विश्वसको मतको विपक्ष र तटस्थमा बसेको पनि उनको दाबी छ । उनले सांसदहरुले विवेकको मत प्रयोग गर्न पाउने भएकोले सोहीअनुसार अघि बढेको विश्वास दिलाए । उनले जसपाका सबै सांसदहरु एकमत भएर वैकल्पिक सरकार बनाउनको लागि उभिने पनि बताए ।

अर्को समाचार

नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि उल्झन खडा भएको हो ।

अब नयाँ सरकार गठनका लागि काँग्रेस र माओवादीलाई सिंगो जसपाको साथ आवश्यक छ । तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणको पक्षमा नरहेको जनाएको छ । अध्यक्ष ठाकुरले वक्तव्य नै निकालेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता