Logo

चुनाव जितेको खबर पाएपछि विवाह बिचैमा रोकेर बेहुली जव मतगणनास्थलमा पुगीन्



एजेन्सी । मण्डपमा बेहुला बेहुली बसिरहेका थिए । विवाहको कर्म भइरहेको थियो । त्यसैमा वेहुलीले चुनाव जितेको समाचार मण्डपमा आइपुग्यो ।

उनले (बीडीसी) गाउँ विकास समिति सदस्यको रूपमा पञ्चायत चुनाव जितेको खबर पाइन् उनले त्यो खुसी सम्हाल्न सकिनन् । उनले विवाह छोडेर हिडिन् । दुलहीले बिहेको समारोह बीचमा रोकेर सिधै मतगणना स्थल पुगीन् ।

यो घटना रामपुरको मिलाक तहसीलको मोहम्मदपुर जाडिद गाउँको छ। जहाँ यूपीको बरेलीबाट जन्ती आएको थियो।

विवाह मंडप सज्जित थियो र दुलही पूनम उनको विवाह समारोहमा सरिक भएकी थिइन् । उनलाई त्यती नै बेला थाहा भयो उनले पञ्चायत चुनाव जितेकी छन् । त्यसैले उनको खुशीको सिमाना नै रहेन उनी विवाह समारोह रोकेर सीधै मतगणना स्थलमा पुगीन् ।

उनी मतगणनास्थलमा रातो बेहुलीको लुगा र गहनाले झकिझकाउ भएर पुगेकी थिइन् । उनलाई यस्तो रुपमा देखेर सबै छक्क परे ।

तर जब मानिसहरूले थाहा पाए कि दुलही बीडीसी सदस्यको चुनावमा खडा छिन् र उनी विजयी पनि भइन् सबैले बधाई दिन थाले । पंचम चुनावमा पूनमले ६०१ मत ल्याई आफ्नो प्रतिद्वन्द्वी शकुन्तलालाई ३१ भोटले पराजित गरिन् ।

यो जितसँगै, पूनमको खुशी दोब्बर भएको छ। भनिन्छ कि केहि अनुष्ठान भइरहेको थियो र केहि पूरा भएको थियो। यस समयमा, दुलही पूनमले मतपरिणाम थाहा पाएपछि विवाह रोकेर मतगणनास्थलमा आएर जितको प्रमाणपत्र लिएकी छन् ।

विजयपछि पूनम भन्छिन् कि एकातिर विवाहको खुशी छ र अर्कोतिर बीडीसी सदस्यको रूपमा छानिएको छु ।

म यो क्षणलाई कहिले भुल्न सक्दिन यो भन्दा ठूलो मेरो लागि के हुन सक्छ, पूनमले भनिन् विवाहको विधिहरू पूरा गर्न बाँकी नै छ । म विजयको प्रमाणपत्र लिन आएकी हुँ । गाउँमा विवाह समारोह भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता