Logo

घरमा आ गो लाग्यो गर्भवती श्रीमती र ३ वर्षकी छोरी निकाले, अर्को कोठामा थिए आमाबुवालाई तर निकाल्न…



काठमाडौ । रामेछापमा आगलागी हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आ गलागीमा परी घरभित्रै रहेका एक दम्पतीको मृत्यु भएको हो । सोमवार विहान भएको घटनामा घरमा भएका अन्य तीन जना भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सोमबार बिहान भएको आगलागीमा परी ७८ वर्षीय धनबहादुर कार्की र उनकी ६८ वर्षीया श्रीमती सीता कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरमा रहेका माइलो छोरा मनोहर कार्कीले थाहा पाए । उनी हतारमा झ्यालको ग्रिल फोरेर हाम फालेर बाहिर निस्किए । उनीहरुको घर नजिकै छोरी ज्वाईको पनि घर थियो । दिदी भिनाजुलाई बोलाए ।

मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई घर बाहिर निकाले । तर अर्को कोठातर्फ रहेका बाबुआमालाई भने उनीहरूले निकाल्न सकेनन् ।

अर्को समाचार प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ ।

केपी ओलीसँग नरम देखिएको जसपा ९महन्थ ठाकुर पक्ष० ले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । काठमाडौँमा रहेका कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर संकलन सुरु भएको छ भने उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई आज साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ ।

जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले ९महन्थ ठाकुर निकट० पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गरिरहेको जसपाका एक सांसदले बताए । उनले भने, प्रदीप पाठकजीले मलाई फोन गर्नुभएको थियो, कहाँ हुनुहुन्छ सोध्नुभयो, मैले गाउँमा छु भन्दा उहाँले सोमबार साँझसम्म जसरी पनि काठमाडौँ आउनका लागि अध्यक्षज्युले भन्नुभएको छ भन्नुभयो ।’

पार्टी अध्यक्षकै निर्देशन छ भने आउनैप(यो भन्दै काठमाडौँका लागि हिँडेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता