भोलिबाट आन्तरिक हवाई उडान बन्द, बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडानमा रोक
काठमाडौं,। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भोलिबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना द्रुत गतिमा फैलिएको अवस्थामा सरकारले आन्तरिक उडान भोलि मध्यराति १२ बजेबाट र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गतेबाट बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तर, आन्तरिक तथा बाहृय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भनिएको छ ।
अर्को समाचार
बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भइ शपथ समेत लिइएका शंकर पोखरेलले बहुमत प्राप्त दलको अवस्था प्रदेशमा रहेका बखत एमालेले मुख्यमन्त्रीमा दावी गरिएको बताएका छन् ।
उनले सूर्य चिन्हबाट चुनाव लड्ने केही सांसदहरुले आफूलाई समर्थन नगर्ने बताएपनि संसदीय दलको बैठकले आफूलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेकाले पछि समर्थन नरहेको भन्नुको अर्थ नरहने समेत तर्क गरेका छन् ।
‘दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ’, पोखरेलले सोमबार बिहान भनेका छन् ।
‘विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको छ ।
अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो’ उनले यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आ
रोप समेत लगाउँदै भनेका छन्, ‘चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन सक्तैन ।’
उनले यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवहरूले थाहा नपाएजस्तो गर्नु आश्चर्यको कुरा भएको समेत उनले टिप्पणी गरेका छन् ।
‘अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मंचनपछि नेकपा एमालेले वहुमत प्राप्त दल बनेको हो ।
वहुमत प्राप्त दललाई सरकार संचालनको संवैधानिक दायित्व रहन्छ’, उनको जिकिर छ ।
जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्विकार गरिसकेको भन्दै उनले पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उनको दावी छ ।
यस्तै जनता समाजवादीका वहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गरेको बताउँदै उनले रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुने बताएका छन् । नियुक्ति पछिको सपथ रोक्न प्रदेश प्र