Logo

इरफान खानले आफु मर्नु अघि छोरासँग यस्तो भनेका रहेछन्।’ अनि मुस्कुराए र कहिल्यै नखोल्ने गरी आखाँ बन्द गरेर सुते



काठमाडौ । चर्चित अभिनेता इरफान खानले यो संसार छाडेको पनि पूरा १ वर्ष भई सकेको छ । गतवर्ष २९ अप्रिलका दिन इरफानको निधन भएको थियो । इरफानको मृत्युको झण्डै १ वर्षपछि उनका छोरा बाबिलले उनको अन्तिम समयको घटना साझा गरेका छन् । हालै एक अन्तरवार्तामा बाबिलले पितासँग बिताएको अन्तिम समयको भावनात्मक समयबारे बताए ।

बाबिल र उनकी आमा सुतापा सिकदरले एक मनोरञ्जन पोर्टललाई दिएको अन्तरवार्तामा इरफानको अन्तिम समयबारे बताएका हुन् । सुतापाले भनिन् ‘हामी सकारात्मक रहने कोसिस गरिरहेका छौं । एक वर्ष भयो तर म अझै पनि मानिसहरुसँग भेट्न, उनीहरुसँग कुरा गर्न तयार छैन । म मानिसहरुसँग अन्तरक्रिया गर्न भन्दा धेरै लेख्न रुचाउँछु ।’

बाबिलले आफ्ना पिता गुमाएको पीडा साझा गर्दै भने ‘म एक सुरक्षित घेरामा बाँचिरहेको थिएँ, इरफान खानको छोरा बनेर । अचानक त्यो घेरा टुट्यो । त्यसपछि तपाइँसँग कुनै विकल्प बाँकी रहँदैन । तपाइँले त्यही गर्नुपर्छ जे जिन्दगीले चाहन्छ र सत्य यही हो ।’

बाबिलका अनुसार उनका पितालाई थाहा थियो कि उनी अब बाँच्ने छैनन् । बाबिलले इरफानको अन्तिम कुरा साझा गर्दै भने ‘उहाँको मृत्युभन्दा २–३ दिन पहिले म अस्पतालमा थिएँ । उहाँ होस गुमाउँदै जानुभएको थियो । आफ्नो अन्तिम समयमा उहाँले मतिर हेर्नुभयो, मुस्कुराउनुभयो र भन्नुभयो – म मर्दैछु ।

मैले उहाँलाई यस्तो हुँदैन भनें । उहाँ फेरि मुस्कुराउनुभयो र सुत्नुभयो ।’ इरफानको मृत्यु १ वर्षअघि २९ अप्रिलमा कोकिलाबेन अस्पतालमा भएको थियो । त्यसको केही समय पहिले इरफानकी आमा सइदा बेगमको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

अर्को समाचार
सरकारले प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको उनको भनाइ छ ।

यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता