शल्यकृयाका लागि डा। बाबुराम भट्टराई वीर अस्पताल भर्ना
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई विहिवार वीर अस्पतालमा भर्ना भएका छन् । उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् ।
न्युरो–इन्डोक्राइनको शल्यक्रियाका लागि अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । भट्टराईको शल्यक्रिया अस्पतालका डा। सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रवार गर्ने बताइएको छ ।
यसअघि ट्युमरमा क्या न्स र भएको आशंकामा भट्टराई परीक्षणका लागि भारतको नयाँदिल्ली पुगेका थिए । नेपालमा गरिएको परिक्षणमा उनको रोग पत्ता लागेको थिएन । नेपालकै चिकित्सकको सुझाव अनुसार दिल्ली पुगेका डा भट्टराईका रोग पत्ता लागेको थियो । परीक्षणले ट्युमरमा क्या न्स र नभएको देखाएपछि नेपालमै शल्यक्रिया गर्न लागिएको हो ।
अर्को समाचार
गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश) को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।
गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कोभिड–१९ बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ । मुलुकमा आज झण्डै पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।