Logo

प्रियंकासँगै कोभिड अभियानमा जुटे निक जोनस



एजेन्सी, । विश्व अहिले कोरोनाको चोपटामा परेको छ । भारतमा दैनिक हजारौ निर्दोष मानिसहरुले कोरोनाबाट ज्यान गुमाएका छन् ।

बलिउडका कलाकारहरुले पनि कोरोना प्रभावितको सहयोगको लागि जुटेका छन् । कलाकारहरु अक्षय कुमार, सुनील शेट्टी, अजय देवगनले एनजीओको सहकार्यमा आर्थिक सहयोग गर्न जुटेका छन् ।

यसैगरी, नायिका प्रियंका चोपडाले पनि अमेरिकाबाट निरन्तर भारतीयहरुको लागि सहयोग गर्न कोशिश गरीरहेकी छिन् । प्रियंकाको साथमा उनका पति गायक निक जोनसले पनि सामाजिक संञ्जालमार्फत भारतीयहरुको लागि सहयोगको अपिल गरेका छन् । प्रियंकाले जोनस र आफ्नै नामबाट कोरोनाबाट पिडित सहयोगार्थ एक अनलाइन कोष स्थापना गरेकी हुन् ।

अर्को समाचार

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।

काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले जानकारी दिए।

गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता