Logo

अस्पताल भर्ना गरिएकी प्रचण्ड पत्नी सीता दाहालको आईसीयूमा उपचार



 

काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सीताको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार विहानै मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । तर,स्वास्थ्यमा कुनै सुधार नआएपछि आईसीयूमा राखेर उपचार गरिएको छ।

उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपीवाट ग्रसित छन् । छोरा प्रकाशको मृत्यु पछि उनको स्वस्थ्य थप जटिल बन्दै गएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा समेत लगिसकेका छन् ।

छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको कमी र पिसावमा ईन्फेक्सन भएका कारण अस्पताल भर्ना गरिएको बताएकी छन्।

‘अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्। यसअघि पुस १५ गते पनि सीताको स्वास्थ्यमा थप समस्या आएपछि सोही अस्पताल भर्ना गरेर उपचार गरिएको थियो। फाइल तस्बिर

यो पनि
कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी
दैनिक मजदुरीमै चलेको जीवन

धनुषा जिल्ला साविकको खजुरी चन्हा गाविस तथा हालको जनक नन्दिनी गाउँपालिका वडा नं ४ का रामसुफल महरा चमारका नाममा कुनै जग्गाजमिन छैन ।

सम्पत्तिका नाममा श्रीमतीका नाममा रहेको ३ धुर घडेरी र त्यहाँ बनेको एउटा सानो झुप्रो मात्रै छ । खेती किसानीका लागि थोरै अरुको जमिन पनि कमाएका छन् । तर, त्यो जमिन कसको हो भन्ने उनलाई थाहा छैन । उनी भन्छन्, ‘खै कोही कार्की थरको मान्छेको जमिन हो भन्छन्, तर को हो, मलाई थाहा छैन । त्यही जमिनमा श्रीमती र छोराछोरीले काम गर्छन् । उनी भने काठमाडौंमै जुत्ता सिलाउने र पालिस गर्ने काम गर्छन् ।

दैनिक ज्याला मजदुरीबाटै उनीहरुको परिवार चलिरहेको छ । घरमा कमाउन सक्ने अरु मानिस नभएका कारण यदि रामसुफलले कमाउन पाएनन् भने उनको घरमा चुल्हो बल्न मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता