Logo

यसरी फेरी बलियो भए प्रधानमन्त्री ओली, अब कसैले सरकार ढा ल्न नसक्ने



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली थप बलियो भएका छन् । उनलाई जसपाले साथ दिने भएको छ । सरकारले जसपाको माग अनुसार १२० जना बन्दीहरुको म ुद्दा फिर्ता लिने निर्णय भएपछि सरकारसंग अब वातावरण मिलेको प्रतिकृया अध्यक्ष महन्त ठाकुरले दिएका छन् । सरकारको सो निर्णयवाट प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको साथ पाएका छन् ।

जसपाका नेता तथा कार्यकर्तामाथि लागेका कतिपय मु द्दा फिर्ता लिने निर्णय गरेर उनले औपचारिक सम्झौताको ढोका उघारेका छन् । १ सय २० जना जसपा नेता तथा कार्यकर्ताको मु द्दा फिर्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि ओलीले बुधवार नै छलफल गरेका छन् । दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको बुझिएको छ ।

जसपासँग सरकारले बुँदागत रुपमा सम्झौता गर्ने तयारी समेत गरेको छ । जसमा नेता तथा कार्यकर्तामाथि लागेको बाँकी मु द्दा फिर्ता लिने, संविधान संशोधनका लागि अध्ययन कमिटी बनाउने, नागरिकतालगायत समस्या समाधान प्राथमिकतामा छन् । सम्झौता भएमा जसपा ओली सरकारमा सहभागी हुने बुझिएको छ ।

जसपा सरकारमा जाने तयारीसँगै प्रधानमन्त्री ओलीविरुद्ध बन्न लागेको समिकरण बन्न कठिन भएको छ । यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच समिकरण बनाएर ओलीलाई हटाउने तयारी भएको थियो । जसपाले साथ नदिँदा काँग्रेस अगाडि बढ्न सकेन ।

जसपा ओली सरकारलाई साथ दिन पुगेपछि सत्ता संकट पनि टर्ने सम्भावना बलियो भएको छ । अब प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले दिइआएको समर्थन फिर्ता लिने निश्चितप्रायः छ । केही दिनभित्रै प्रचण्डले यसबारे निर्णय लिने बुझिएको छ ।

माओवादीले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके नयाँ सरकार गठनको ढोका खुल्नेछ । त्यो पनि सम्भव नभए देश मध्यावधि चुनावमा जानसक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता