Logo

दिल्लीमा जस्तै नेपालको दृष्य, एउटै वेडमा यसरी तीन जना संक्रमित राखेर उपचार



काठमाडौ । नेपालमा पनि अब तत्काल कडा निगरानी नराख्ने हो भने दृष्य दिल्लीकै जस्तो देखिने संभावना वढेको छ । संक्रमितले अस्पतालमा वेड पाउन सकेका छैनन् । चिकित्सक र अक्सिजन समेत छैनन् ।

कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभावका कारण एउटै वेडमा तीन जना सम्म राखेर उपचार सुरु गरिएको छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने रु’ उनीहरुले गुनासो गरे ।

सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा।नीरज सिंहले बताए । सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २,३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ ।’

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु प९यो,’ डा। सिंहले भने ।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ । राजधानी दैनिकमा समाचार छ ।

अर्को समाचार

खोप लगाउँदैमा कोरोनाको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ । त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोनाबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालनालाई नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको चर्चा गर्दै उनीहरू भन्छन्, “खोपले सङ्क्रमित व्यक्तिलाई अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, हुनै रोक्ने हैन ।”

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा। झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने जानकारी दिँदै खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने बताए । डा। गौतमले भने, “कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता