Logo

बैतडीमा वेहुला-बेहुली सहितको जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु



काठमाडौ । बैतडीमा बेहुला बेहुली सहितको जन्ती बनेकेको गाडी दु र्घ टना भएको छ । कञ्चनपुरबाट जन्ती बोकेर जाँदै गरेको जिप बैतडीमा दु र्घ ट ना भएको हो । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटनामा बेहुला बेहुली पनि छन् ।

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुलहा, दुलहीसहित ११ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले बताए। दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।

यता रुपन्देहीमा पनि जन्ती बोकेका बस दुर्घटना भएको छ । जन्ती हिडेको बसलाई रुपन्देहीको कोटीहवामा टिपरले ठ क्क र दिँदा दुई बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई टिपरले ठ क्क र दिएको हो ।

लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठ क्क र दिँदा दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरले ठ क्क र दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसमा ठो क्कि न पुगेको हो । ठोक्किएको बस बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरका बोलेरो जिपलाई ठ क्क र दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता