Logo

काठमाडौ सहित कहाँ–कहाँ जारी हुन सक्छ निषेधाज्ञा ? यी हुन् ५ सयभन्दा बढी संक्रमित रहेका ९ जिल्ला



काठमाडौ । काठमाडौंसहित मुलकुभरका ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने सम्भावना देखिएको छ । सरकारले ५ सय भन्दा बढी सकृय संक्रमित भएको क्षेत्रमा निषेधाज्ञा लगाउनुपर्ने भएकाले ९ जिल्लामा निषेधाज्ञा हुनसक्ने देखिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले आज शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित भए निषेधाज्ञा लगाउने निर्णय गर्दै सरकारलाई सिफारिस गरेका कारण काठमाडौ उपत्यका सहित ९ जिल्ला निषेधाज्ञा लगाउनुपर्ने क्षेत्र बनेका छन् । यसका आधारमा ती जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्छन् । यद्यपि, मन्त्रीपरिषद वैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्न बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिले साँझसम्मको तथ्यांकअनुसार मुलुकभरका ७७ जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । जस अनुसार त्यसमध्ये ९ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय २८ पुगेको छ भने दोस्रोमा बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३९ पुगेको छ । तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ललितपुरमा १ हजार ३ सय ५१, रुपन्देहीमा १ हजार ३ सय १३, पर्सामा ६ सय ४३, भक्तपुरमा ६ सय १३, कास्की ६ सय १३, मोरङमा ५ सय ६१ र दाङमा ५ सय ५७ पुगेको छ ।

पाँच सयभन्दा कम तर २ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४ छ । जसमध्ये कैलालीमा ४ सय ३४, चितवनमा ३ सय ९६, सुर्खेतमा ३ सय ७३ र बर्दियामा २ सय ७९ रहेका छन् । यस्तै दुइ सय नजिक सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या २ रहेको छ । जसमा कञ्चनपुरमा १ सय ९९ र पाल्पामा १ सय ८३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता