Logo

घरमा काम गर्न राखेकी किशोरीलाई पत्रकारले कर णी गरेपछि‘….



काठमाडौं । पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले जबरजस्ती कर णी मु द्दामा दो षी ठहर गरेको छ। उनको सजाय कति हुने भन्ने कुराको निर्णय अदालतले गर्न बाँकी छ । न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले आइतबार कोइरालालाई दो षी ठहर गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अब कसुर ठहर गर्ने इजलासले नै ३० दिनभित्र सजाय निर्धारण गर्नेछ। त्यसैले उनको सजाय कति हुने भन्ने ३० दिन भित्र थाहा हुन्छ । यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो।

घरमा काम गर्ने किशोरीलाई जबरजस्ती कर णी गरेको अभियोगमा कोइराला २०७४ साल जेठमा पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा ०७४ चैतमा रिहा उनी भएका थिए। जिल्ला अदालतले पी डि तलाई दश लाख क्षतिपूर्ति भराएको थियो। पी डि तलाई क्षतिपूर्ति भराएर अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै आदेशको आलोचना समेत भएको थियो।

जिल्लाको फैसलाविरुद्ध ०७५ साउनमा उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो। उच्चले जिल्लाको फैसला उल्ट्याउँदै क सु र ठहर गरेको हो।छन् ।

अर्को समाचार

नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।

‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने ।

बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता