Logo

अभिनेता मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, हरिवंशले दिए उनको स्वास्थ्यका बारेमा यस्तो जानकारी



काठमाडौं । केही दिन अघि कोरोनाभाइरसबाट संक्रमित भएका अभिनेता मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । उनको परिवारका ५ जना संक्रमित भएका छन् । कलाकार हरिवंश आचार्यका अनुसार कमजोर महसुस भएपछि श्रेष्ठलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

मदनकृष्णका परिवारका अन्य सदस्यलाई भने भर्ना गरिएको छैन । उनीहरु होम आइसोलेसनमा छन् । श्रेष्ठसहित उनको परिवारका पाँच सदस्यलाई भाइरस पुष्टि भएको थियो ।

‘निकै कमजोर महसुस भएपछि दाईलाई अस्पताल लगिएको हो । अहिले अवस्था ठीक छ’ हरिवंशले भने । उनका अनुसार अस्पतालले श्रेष्ठलाई केही दिनमा डिस्चार्ज गर्ने तयारी गरेको छ । मदनकृष्णले आफुलाई कोरोना पुष्टि भएको बारे सामाजिक सजालवाट जानकारी गराएका थिए । उनले सबैलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

अर्को समाचार

नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।

‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने ।

बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता