Logo

मकवानपुरमा छोराले बञ्चरोले बाबुलाई यस्तो गरे



मकवानपुर, । कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ । अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

अर्को समाचार
गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत हुनुभएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन्।

दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गरे । उनले पनि तेस्रो किस्ताको रकम पाएका छैनन्। प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै किस्ताको रकम रोकिएको उनले गुनासो गरे ।

विसं।२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडाभन्दा सरकारीअनुदान पाउने आशामा काढेको ऋणले उनीहरुलाई पोलिरहेको छ ।

जिल्लामा पुनःनिर्माण प्राधिकरणले भुक्तानी रोकेका कारण पीडामा ऋणको भारी बोकेकाको सङ्ख्या धेरै छ । ताराखोला गाउँपालिकाका एक लाभग्राहीले ढुङ्गाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्याङ्कन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुङ्गाको छाना फालेरजस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माणको काम थालेको छ वर्षमा पनि जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन ।

महाभूकम्पको पाँच वर्ष पुग्दा पीडितले कहालिलाग्दो दिन सम्झिरहेकाछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लाका निजी आवास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगतिदेखिएको हो । दुई हजार ४५२ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५०० घर निर्माण गर्न नसकेको हो ।

जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रेणुका पाण्डेकाअनुसार २४४ घर निर्माणाधीन छन् । सन्ताउन्न घरले किस्ता नलगेको र २०१ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वःतह हटाइएको उनले बताउनुभयो । प्राधिकरणले पाँच वर्षको अवधिमा दुई पक्की पुल निर्माण गरिरहेको र झण्डै १० किमी सडक निर्माण गरेको छ ।

जिल्लाका १७९ विद्यालयमध्ये हालसम्म ११६ भवन निर्माण सम्पन्न भएका छन् । त्रिसठ्ठी विद्यालय निर्माणाधीन अवस्थामा छन् । यो अवधिमा दुई स्वास्थ्य चौकीसमेत निर्माण भएका छन् । अन्ठाउन्न विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेशमध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणाधीन रहेको शिक्षा अधिकारी मोतीलाल चपाइँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता