Logo

पुलमा काम गर्दै गर्दा त्रिशूलीमा खस्दा दुई मजदुर बे प त्ता, तीनको उ द्धार



तभरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् ।

तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए ।

अर्को समाचार नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । ुआकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको होला,ु थापाले भने

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर ​केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले आयोजक कमिटीकै बैठक बस्न लागेको थापाले बताए ।

दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताउनुभयो ।

घटनाको विस्तृत विवरण आइनसकेको उहाँको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८।५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता