Logo

सिकार खेल्न गएका ती युवकलाई उल्टै गोली लागेर आफु भए सिकार



सिकार खेल्ने क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय हस्तबहादुर राई रहेका छन् ।

गत वैशाख ९ गते राईसहित सोही स्थान बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ सिकार खेल्न गएका थिए । रातको अन्दाजी ९ बजे सिकार खेल्न गएका उनीहरुमध्ये गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागेर हस्तबहादुरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार राईको दाहिने कुममा गोली लागेर मृत अवस्थामा छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वेलबारीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक एक थान बरामद गरेको छ ।

प्रहरीले गजेन्द्र राई र रूविन लिम्बुलाई पक्राउ गरी ज्यान सम्वन्धी कसुर र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।
समाचार

जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ ।

हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोनाको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ ।

त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ

। त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्यरूपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता