Logo

भिड जम्मा पारेर धरहरा उद्घाटन गरेपछि प्रधानमन्त्रीको कोरोनाबारे ब्रिफिङ, ‘सरकारी आदेश नमाने अब लकडाउन !’



काठमाडौ । स्थानिय प्रशासन र सरोकारवालाहरुले राजनीतिक दल र सरकार नै कोरोना विरुद्ध बनाइएको मापदण्ड पालना नभएको र उनीहरुकै कारण जोखिम बढेको भन्दै असन्तुष्ट छन् । पार्टीका मिटिगं र उद्घाटनका कायैक्रममा सरकारी मापदण्ड भन्दा धेरै मानिस सहभागी भएका छन् ।

एकै ठाउँमा ५ जना भन्दा बढी भेला नहुन र सभा समारोहमा २५ जना भन्दा बढी सहभागी नहुन सरकारी मापदण्ड छ । मापदण्ड बनेको भोलीपल्दै वालुवाटारमा रामसीता मुर्ती चितवन पठाउन आयोजना गरिएको समारोहले त्यो नियम मानेन । त्यसको भोलीपल्ट नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा सयौं सहभागी भए । अन्य राजनीतिक दलले जिल्ला जिल्लामा भेला र आमसभा जारी राखेको छ ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उद्घाटन गरे । त्यसमा पनि सहभागीको संख्या मापदण्ड भन्दा बढी थिए । भीडभाडका साथ धरहराको उद्घाटन गरेपछि बालुवाटार फर्केका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपरान्ह कोरानाको जोखिम कसरी नियन्त्रण गर्ने भन्ने उपायको खोजीमा लागेका छन् ।

बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा एउटा महत्वपूर्ण बैठक राखेका छन् । त्यहाँ प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखे । सहभागीहरुले सरकारी मापदण्डको पालना नभएको प्रधानमन्त्रीलाई बताए ।

अनुसार शनिबारको ब्रिफिङमा सहभागी सबैको साझा निष्कर्ष के थियो– सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना भएन । कलेजका विद्यार्थीहरु पनि सडकमा देखिए । सार्वजनिक यातायात र फुटपाथको भीडभाड पनि उस्तै देखियो । कार्यालयहरूमा कर्मचारी घटेका छैनन्, जात्रा र कार्यक्रमहरुमा भीडभाड देखियो ।

सिमानामा होल्डिङ सेन्टरहरु बनाउने भने पनि आवतजावत अनियन्त्रित रह्यो । अस्पतालहरुमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालिसक्यो । सबैतिर लठिभद्र स्थित देखियो । यसैगरी ‘सरकारले जारी गरेको आदेश पालना भएन भने त लकडाउनमा जानुपर्ने हुन सक्छ भन्ने कुरामा सरोकारवालाबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता