Logo

औषधीले काम गरेन ! अस्पतालमा भर्ना भएका संक्रमितको धमाधम मृत्यु भएपछि स्वास्थ्य मन्त्रालय चिन्तित



काठमाडौ । कोरोनाको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए ।

उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’

अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

अर्को समाचार ।

काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडामा महत्वपूर्ण कामहरु भएको दावी गरेका छन् । महानगरपालिकाको वडा नम्बर चारको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि सबै वडाहरुले जनहितमा काम गरेको बताएका हुन् ।

 

पछिल्लो समय जन्मदेखि मृत्युसम्मका सबै काम वडा तहबाटै गर्ने व्यवस्था मिलायएको शाक्यले बताए ।

कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेश सांसद नारायण सिलवालले चार नम्बर वडाले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याएर उदाहरणीय काम गरेको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै उपलब्धि भएको सिलवाको भनाई छ । महानगरको वडा नम्बर चारले चार तल्ले भवन बनाएर कार्यालय संचालनमा ल्याएको हो । कार्यालय भवन अपाङ्गमैत्री बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता