Logo

कोरोनावाट संविधानसभा सदस्य सिद्दिकीको निधन



काठमाडौ । कोरोनाबाट नेपाली काँग्रेसकी नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिवार बेलुकी निधन भएको छ ।

नेपालगञ्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो । कोभिड पुष्टि भएपछि गएको चैत २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उनको उपचार भैरहेको थियो ।

उहाँको स्वास्थ्य अवस्था विग्रदैगएपछि गत मंगलवारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भैरहेको भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले बताए ।

उनलाई प्लाज्मा दिनुका साथै सबै प्रकारको उपचार विधि अपनाईए पनि जोगाउन नसकिएको डा। थापाले बताए । मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको समग्र अधिकारको लागि लड्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकै कारण सिद्दिकीलाई संविधानसभाको सदस्य बनाईएको थियो ।

२०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी समानुपातिकतर्फ नेपाली काँग्रेसबाट संविधानसभाको सदस्य बनेकी थिइन् ।

काँग्रेसको भगिनी संस्था नेपाल महिला संघको सल्लाहकार सिद्दिकीले यसअघि महिला संघको जिल्ला सदस्य र महिला विभाग सदस्यको समेत जिम्मेदारी सम्हालेकी थिइन् ।

अर्को समाचार । नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।

शनिबार पदबहाली गरेपछि बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको हो ।

त्यसका लागि विज्ञ टोली, महासंघका सल्लाहकार, तीनवटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसँग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइने अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

‘ललितपुर पत्रकार महासंघ शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ । विज्ञ, जनप्रतिनिधि, सांसद र अनुभवी पत्रकारको सहयोग लिएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरि सोहि आधारमा काम गरिनेछ’ न्यौपानेले भने ।

महासंघले जिल्लामा रहेका महिला पत्रकार र सञ्चारमाध्यममा महिलाको स्थिति समेत अध्ययन गर्ने निर्णय गरेको छ भने कोरोनाका कारण जिल्लाका सञ्चार गृहमा कार्यरत पत्रकारले भोगेका समस्या र मिडियाको अवस्था बारेको अध्ययन गरेर प्रतिवेदन बनाउने भएको छ । त्यसका लागि सचिव रामहरी कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको छ । सो प्रतिवेदनलाई पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सूचना विभागमा अध्ययन गर्न पठाइने न्यौपानेले बताए ।

यस्तै महासंघले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ । जिल्लामा ४ सय ५४ सदस्य रहेका छन् । सदस्य कार्यरत मिडियासहितको डिजिटल प्रोफाइल बनाउन लागिएको हो । पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौता विहिन संघर्ष गर्ने बताए ।

अहिले ल्याइएका कतिपय विधेयक नेपालको संविधान विरुद्धमा रहेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए । कोरोनाको कारण देखाउँदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने उनको भनाइ छ ।
महासंघलाई एकेडेमिक रुपमा अगाडि बढाइने पोखरेलले बताए ।

महासंघले जिल्लाबाट ४ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डा। अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी, माधव नेपाललाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता