Logo

पुनर्निर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘दिपावली गरौं’



काठमाडौ । पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच शनिवार पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढ ल्दै न् ।

अब उप्रान्त धरहरा ढ ल्दै न । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढ ल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।

प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाए । उनले भने,‘मलाई अलीअली आइफिल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छुु, उनले भने ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्नेरहेछ, बन्यो। मेलम्चीको पानी आउने रहेछ आयो। वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ।’

उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए। विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए। एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए। कोरान महामारी भनेर नरोकिइ रानीपखेरी र धरहरा पुनर्निर्माण गरेको उनले बताए।

धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए। परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता