Logo

पुर्व राजपरिवारमा संक्रमितको संख्या बढ्यो, पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमित !



काठमाडौ ।पुर्व राजपरिवारमा कोरोना संक्रमित हुनेको संख्या थपिएको छ । स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना गरिएको छ ।

र्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनीलाई पनि थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी र प्रेरणासँगै अस्पताल भर्ना भएका हुन्। भारतवाट फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि पछि घरमै आइसोलेसनमा बसेका उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । परिवारका अन्य सदस्यलाई पनि गरिएको परिक्षणका क्रममा प्रेरणालाई पनि कोरोना पुष्टि भएको हो ।

पूर्वराजा रानीलाई स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना गरिदा प्रेरणा पनि अस्पतामा भर्ना छन् ।

भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना देखिएको थियो। कोरोना पुष्टिपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानी र पूर्वअधिराजकुमारी प्रेरणालाई पनि नर्भिक अस्पताल भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए। शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो भने प्रेरणालाई शनिवार कोरोना पुष्टि भएको हो ।
अर्को समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको रोकथाम र नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ)मा जोड दिएको छ । नेपालमा कोरोनाको दोस्रो लहर बढ्दै गर्दा मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि ‘मोबिलिटी रेस्ट्रिक्सनमा जोड दिएको हो ।

विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै सो मोडलको पक्षमा रहेको छ भने सोही अनुसार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पनि सुझाइएको थियो । जसमा ५ जना भन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए ।

मन्त्रालयले कोरोनाको सम्भावित फैलावटलाई रोक्न समयमै सीसीएमसीलाई सिफारिस गरेपनि निर्णयमा ढिलाइ गएको गौतमले गुनासो गरे ।

‘विद्यालय समयमै बन्द गर्नुपर्ने थियो, भीडभाड हुने ठाउँमा समयमा सजक हुनुपर्ने थियो’, उनको भनाइ छ, ‘अहिले संक्रमण फैलिँदै गएको छ, समयमा मोबिलिटी रेस्ट्रिक्सन भइदिएको भए केही सहज हुन्थ्यो कि ।’

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता