Logo

मानव अधिकारकर्मी र युट्युवरले हाम्रो सम्बन्ध विगारे एकअर्काका लागि ज्यान दिन तयार छौ भन्दै लक्ष्मी र किशोरको अंगालो (भिडियो हेर्नुस)



केहिदिन यता मिडियामा चर्चा पाएको किशोर खतिवडा र लक्ष्मी गदाल बिचको बिबाद टुंगीएको छ । उनीहरुले अब एक अर्काले दोष नलगाउने मिलेर अगाडी बढ्ने भन्दै अंकमाल गरेर यो बिषयलाई टुंगाएका हुन् ।

इन्फो काठमाडौं नामक युटुब च्यानलबाट लक्ष्मी गदालले नायक किशोर खतिवडाले आफुलाई धोका दिएको बताएपछी यो बिषय सतहमा आएको थियो । लक्ष्मी गदालले मैले गल्ती गरेँ माफी देउ भन्दै मिडियामा आएपछि नायक किशार खतिवडापनि मिडियामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बताएका थिए ।

किशोरले आफुलाई धोका दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन । लक्ष्मी गदालले महिला अधिकार कर्मीको लहलहैमा लागेर किशोरलाई झु’टो आरोप लागाएको बताएकि थिइन ।उनले भनेकी छन्स्”यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोरले भद्रकाली मन्दिरमा बोलाएको हैन ।

उनीहरुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ” भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोरलाई जेल हाल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताएकी थिइन ।

अर्को समाचार पनि

काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार, कूल ३४ करोड बजेट विनियोजन गरी सो सडक खण्ड स्तरोन्नतीको काम गरीरहेको छ । १८ करोड रुपैयाँमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका र १६ करोड रुपैयाँ देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको तथा ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको निर्देशनालयले जनाएको छ ।

छोटो दुरीका दुवै सडक खण्डमा यातायात सेवा बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

सडक बन्द भएपछि सो सडक भएर सञ्चालन हुने यातायातका साधनहरु त्रिभुवन राजपथ तथा कान्तिलोकपथ भएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता