Logo

कस्तो अचम्म भयो झापामा नब्याएको बाच्छीले दिनहु दूध दिन थालेपछि ,…..



झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने ।

पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगिएको पनि छैन ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने ।

अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहेको पनि उनले बताए । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको दूध बाख्र्राका पाठालाई दिने गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
अर्को समाचार
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन् । विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा कुरा मिल्न नसकेको गौतमले बताएका हुन् ।

ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ुहिजो ९ गते क। केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।ु

आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । गौतमले भने, ुत्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।थालेपछि।।।।।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता