Logo

अभिनेता सलमान खानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे राधे फिल्म यस्तो छ (भिडियो हेर्नुस्)



एजेन्सी । अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् । त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ।

ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् । यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो७थभलसयाएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।

एक्सन थ्रिलर राधेलाई प्रभुु देवाले निर्देशन गरेका हुन् । यस फिल्ममा दिशा पटानी, रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ । सलमानको यो फिल्म १३ मेई अर्थात् इदको अवसरमा सिनेमाघर र ओटिटी प्लेटफर्ममार्फत रिलिज हुनेछ ।
अर्को समाचार
बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे)सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको सिम्रौनगढको भू–भौतिक सर्वेक्षण सम्पन्न भएको र सोको जानकारी महत्त्वपूर्ण भएको जानकारी दिए ।

सिम्रौनगढ र त्यस वरपरको ठाउँमा गरिएको सो सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना देखिएको बताउँदै उनले सो क्षेत्रमा नवपाषाणकालीन ९नियोलेथिक० हतियार तथा सरसामान र माटाका भाँडाकुँडा प्राप्त भएको बताए । सर्वेक्षणको क्रममा इँटका टुक्रा, ढुङ्गा र इँँटाको गाह्रो समेत देखिएको थियो ।

उनले भने, ‘‘जीपीआर, प्रविधि र ड्रोन क्यामराबाट सर्वेक्षण गरियो । यस प्रविधिले मानिसको शरीरको एक्सरे गरेजस्तै जमिनको भित्री भागको एक्सरे गर्ने भएकाले जमिनभित्र रहेका वस्तुबारे सहजै थाहा पाउन सकिन्छ ।’’ महानिर्देशक गौतमले केही महिनापछि सर्वेक्षणको विस्तृत प्रतिवेदन पुरातत्व विभागलाई प्राप्त हुने जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि उत्खनन गरी प्रामाणिक इतिहास तयार पारिने उनको भनाई छ ।

सर्वेक्षणको क्रममा प्राप्त गरिएका नमुनाको थप अनुसन्धान (प्रोसेसिङ)का लागि बेलायत पठाइएको छ । अहिलेको सर्वेक्षणले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढको सम्पूर्ण क्षेत्र के कस्तो अवस्था छरु यहाँका संरचनाहरू कस्ता छन् लगायतका विषयमा जानकारी प्राप्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता