आमाको मृत्युपछि सिफारिस लिन गएका सेवाग्राहीलाई वडाध्यक्षको मु क्का (भिडियो हेर्नुस्)
काठमाडौ । जनताको सेवाका लागि जनतावाटै चुनिएका वडाध्यक्षले सेवाग्राहीलाई कु टे पछि अहिले तनहुँको भीमाद ८ का वडाध्यक्ष विवादमा परेका छन् ।
उनले बिहीबार बिहान एक सेवाग्राहीसंगको विवाद पछि यस्तो गरेका हुन् । अहिले उनको भिडियो समेत सार्वजनिक भएको छ ।
वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खनालसंग विवाद गर्दा गर्दै चर्को रुप लिएको हो ।
खनाललाई वडाध्यक्ष श्रेष्ठले मु क्का हो नको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ४० सेकेण्डमात्रै रहेको उक्त भिडियो अघिल्लो भाग निकालेर आफूलाई फ साउन खोजीएको वडाध्यक्षले बताएका छन् ।
यता खनालले भने आमाको देहान्तपछि हकवालाको पत्र बनाउन आउँदा आफुलाई वडाध्यक्षले यस्तो गरेको बताएका छन् ।
वडावाट हकवालाको सिफारिस लैजानु पर्ने भएकाले फिल्डमा रहेका वडाध्यक्षलाई साइन गराउँदा जाँदा पुरानो रिसीइवीका कारण आफु माथि यस्तो गरेको खनालको भनाई छ । ‘एउटा जग्गा मेरो लालपूर्जा भएको जग्गामा घर बनाउन रोकिदिएको थिएँ, त्यसैको रिस फेर्नुभयो ।
वडाध्यक्ष श्रेष्ठले सुकुम्बासीको नाममा वडाले घर बनाइदिन लागेको विषयमा विवाद सुरु भएको जानकारी दिएका छन् । उनले ती सुकुम्बासी महिला त्यहाँ दशकौंदेखि त्यहाँ बसिरहेको र खनालले ‘जा ल झे लपूर्ण’ जग्गा आफ्नो नाममा दर्ता गरेकोसमेत आरोप लगाएका छन् । भिडियो नेपाल प्रेसवाट लिइएको हो ।
अर्को समाचार
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।
ओलीसँगको सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको अटुट रहिरहने गौतमको भनाइ रहेको भट्टराईले बताए । भट्टराईले लेखेका छन्, ुअब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि १ु नेता माधव नेपालसँग बुधबार र विहीबार भएको छलफल सफल हुन नसकेपछि ओलीले गौतमसँग भेट गरेका हुन् ।