Logo

‘शिल्पालाई विवाह गर्नु ठूलो गल्ती भो’ छातीमा हात राख्दै छविले भने ‘बा जस्तो राम्रो कोही छैन भन्ने शिल्पाले घर न घाटको बनाइन्’ छवि र धमलाको रोचक अन्तरवार्ता (भिडियो हेर्नुस)



काठमाडौ । नायीका शिल्पा पोखरेललाई चौथो श्रीमती बनाएका फिल्म निर्माता छविले शिल्पालाई विवाह गर्नु आफ्नो ठूलो गल्ती भएको बताएका छन् ।

विवाह दर्ता गरेको ६ महिना नबित्दै शिल्पाले आफु विरुद्ध उजुरी दिएको उनको भनाई छ । पैसाकै लागि शिल्पाले आफुसंग विवाह गरेको संकेत गरेका छविले विवाह भएको डेढ वर्ष सम्म केही नभएको सम्बन्ध विवाह दर्ता गरेको ६ महिनामै विग्रिएको बताए । उनले आफुले गलत गर्न चाहेको भए शिल्पालाई श्रीमतीका रुपमा स्वीकार नगर्ने पनि बताएका छन् ।

मैले संधै धो का खाँदै आएको छु । श्रीमतीकै रुपमा स्वीकार गरेपछि अनेक बहाना बनाएर मलाई महिलाले छोड्ने गरेका छन् छविको भनाई छ । शिल्पा पोखरेल र छविको सम्बन्ध विच्छेदको विषयमा अहिले अदालतमा विचाराधिन छ ।
यहि विषयलाई कार्यक्रम बनाएका रजतपटका संचालक प्रकाश सुवेदी विवादमा परेका छन् ।

छविको पक्षमा शिल्पालाई विवादित बनाउने किसिमले कार्यक्रम बनाएका प्रकाशको कार्यक्रम नै निलम्बनमा परेका छन् । उनले एक पक्षिय कार्यक्रम बनाएर आफ्नो चरित्रमा प्रश्न उठाएको भन्दै शिल्पा एपी वान टेलिभिजनमा निवेदन दिन पुगेकी थिइन् । शिल्पाले प्रकाश विरुद्ध प्रहरीमा पनि उजुरी दिएकी छन् ।

छविले छातिमा हात राखेर शिल्पासंग विवाह गरेर आफुले ठूलो गल्ती गरेको महशुष अहिले भएको बताएका छन् । शिल्पासंग विवाह गरेको पी डा अहिले २ वर्ष देखि भोग्दै आएको बताएका छन् ।

फिल्मी क्षेत्रमा लागेको यति लामो समयसम्म कहिल्यै नभोगेको प्रहरी र अदालतको ढोकामा जानुपरेको बताएका छन् । बा जस्तो राम्रो कोही छैन भन्ने शिल्पाले अहिले घर न घाटको बनाइन् । मैले २३ वटा फिल्म बनाए के म संग २३ श्रीमती छन् रु उनले ऋषी धमलासंग प्रतिप्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता