Logo

मुख्यमन्त्री राईको श्रीमती दावी गर्दै आएकी बालिका खड्का फेरी राईलाई भेट्न एमाले मुख्य कार्यालयमै पुगेपछि….



काठमाडौ । नेकपा एमालेका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेको केही महिना भएको छ । उनले निकै तामझामका साथ विवाह गरेका हुन् ।

तर आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै आएकी बालिका खड्का फेरि मुख्यमन्त्री शेरधन राईलाई भेट्न पुगेकी छन् । राई पार्टी कार्यालय आएको थाहा पाएपछि उनी राईलाई भेट्न पार्टी कार्यालय पुगेकी थिइन्। उनी भित्रै प्रवेश गर्दै थिइन् उनलाई प्रहरीले रोकेको छ ।

विहिवार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय ९थापाथली० पुगेका मुख्यमन्त्री राईलाई खड्काले भेट्ने प्रयास गरेकी हुन्। उनले आफुलाई राईको श्रीमती दावी गर्दै आएकी छन् ।

आफुलाई धो का दिएर राईले दोस्रो विवाह गरेको भन्दै अब अदालत जाने बताएकी उनले राईलाई ब्यक्तिगत रुपमा भेट्ने प्रयास गरेकी हुन् । राईले भने बालिकासंग आफ्नो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सारिँदै छ।

एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालको कक्षमा बसिरहेका मुख्यमन्त्री राईलाई भेट्न भन्दै बालिका भित्र पस्ने प्रयास गरे पछि प्रहरीले रोकेकी हुन् । उनलाई प्रहरीले बाहिर निकालेको छ। यसअघि पनि बालिका मुख्यमन्त्री राई भेट्न पार्टी कार्यालय पुगेकी थिइन् भने प्रहरीले त्यसैगरी रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता