Logo

सुन किन्दै हुनुहुन्छ बढ्यो सुनको मूल्य तोलाको कति हेर्नुहोस्



काठमाडौं । बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्यमा पनि बुधबारको मूल्य थप २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।अर्को समाचार

यस्ता कुरा पक्कै पनि कुनै पुरुषले महिलालाई पहिलो पटक भेटेर भन्न सक्दैन । तर सामाजिक सञ्जालमा सजिलै यस्ता म्यासेज भने लेखिरहेका हुन्छन् ।
यहाँ यस्तै भएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

महिलासंग कुरा गर्न खोजिरहेका ति पुरुषले जब ति महिलाले प्रतिकृया जनाइन् अनि तुरुन्तै उनले लेखिहाले की उनलाई ति महिलाको न’ग्न तस्बिर चाहियो । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर ९पक्कै पनि न ग्न० पठाउने माग ।

उनले त्यसका लागि आफु पैसा समेत दिन तयार रहेको बताए । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए ।

नेपाली रुपैयाँ चार हजार बढी । महिलाले उनलाई पाठ सिकाउने उद्देश्यले पैसा पठाइदिन भनिन् । ति पुरुषले महिलालाई पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ ।

उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत ।

त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् । ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता