Logo

कोरोना भएर निको भएकालाई सरकारले नै यसरी फेरि बनाउँदैछ संक्रमित



पहिलो पटक कोरोना लागेर निको भइसकेका स्वस्थ युवालाई पुनः कोरोनाबाट सङ्क्रमित बनाई अध्ययन गरिन थालिएको छ । कोरोना बाट पुनः स ङ्क्र म ण भएका मानिसको प्रतिरक्षा प्रणालीले दोस्रो पटक कसरी कोरोनासप्रति प्रतिक्रिया जनाउँछ भनेर हेर्नका लागि अध्ययन गरिने भएको हो ।

यही महिनाबाट गरिने ट्रायलका लागि निको भइसकेका स्वस्थ युवाहरूलाई स्वयमसेवा गर्न आग्रह गरिएको छ । अध्ययनको मुख्य उद्देश्य स ङ्क्र म णविरुद्ध प्रभावकारी उपचार र खोप विकास गर्नु हो ।

यस्तो अध्ययन भने बेलायतमा गर्न लागिएको हो । त्यहाँ १८ वर्षदेखि ३० वर्ष उमेर भएका ६४ जना व्यक्तिलाई १७ दिनसम्म अस्पताल क्वारेन्टिन युनिटमा बिताउने छन् ।

जसका लागि उनीहरूको फोक्सोको स्क्यानसहित विभिन्न परीक्षण हुनेछन् । सुरक्षित र नि य न्त्रि त वातावरणमा ती व्यक्तिहरूलाई चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसबाट पुनः सङ्क्रमित गराइने छ ।

मेडिकल टोलीले उनीहरूको स्वास्थ्यको अनुगमन गरिरहने छन् । अध्ययनको पहिलो चरणमा भाइरसले शरीरमा प्रतिलिपि बनाए पनि लक्षण विकास नगर्ने तरिकाले भाइरसको निकै कम मात्राबाट युवालाई सङ्क्रमित गराइने छ ।

अध्ययनको दोस्रो चरणमा कोरोनाको को मात्रा बढाइने छ । लक्षणहरू विकास गर्ने स्वयमसेवकहरूलाई भाइरस प्रतिरोध गर्न एन्टिबडी उपचार दिइनेछ ।

अक्सफोर्ड विश्वविद्यालयका मुख्य अन्वेषक प्रोफेसर हेलेन म्याकसेनका अनुसार कोरोना भई निको भइसकेका कोरोनाबाट पुनः सङ्क्रमित भएका मानिसको प्रतिरक्षा प्रणालीले दोस्रो पटक कसरी भाइरसप्रति प्रतिक्रिया जनाउँछ भनेर थाहा पाउन सकिन्छ ।

यस अध्ययनले भाइरसका बारेमा थप बुझ्नुका साथसाथै कुनै व्यक्ति सुरक्षित छ वा छैन भनेर सही अनुमान लगाउनका लागि परीक्षण डिजाइन गर्न मद्दत पुर्याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता