Logo

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन घोषणा, के के गर्न पाइदैन हेर्नुहोस् सूचना



काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोनाको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औ ष धी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

अर्को समाचार

मेगा बैंक नेपाल लिमिटेडले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्र बद्र्ध न गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरे ।

मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आ ब द्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

साथै, बैंकले उद्यमीहरूलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल वजारका उद्यमीहरूलाई बैंकको नजिकैको शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिना धितो सहुलियतपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्र वा ह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता