Logo

बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाबाट निधन



 

एजेन्सी । । बलिउड कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको निधनको खबर बाहिर ल्याएका हुन् । अनिषले किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।

अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।

अर्को समाचार

दाङका एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोनाबाट गएराति नि’धन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराउँदा स्वास्थ्यमा थप स’मस्या देखिएपछि ४(५ दिन अघि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा गएराति उनको नि’धन भएको हो ।अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए ।

हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार नि’धन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा च’हार्दै नि’धन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् ।

गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गु’माउन पुगिन् । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना हुनसक्ने प्रक्षेपण गरेको छ ।

मन्त्रालयले मंगलवार भ’च्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ सङ्क्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा सङ्क्रमण दर निकै उकालो लाग्ने र क’ठिन समय आउनसक्ने बताउनुभयो ।

असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उ
बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाबाट निधन

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता