Logo

मास्क किन नलगाएको भनेर सोध्दा महिलाले दिएको यस्तो जवाफले प्रहरी च कित् , महिलाले मच्चाइन् बबाल (भिडियो हेर्नुस्)



एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिएको छ । दिनहुँ डेढ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोना थप फैलन नदिन चोक चोकमा प्रहरी परिचालन गरिएको छ । दिल्लीमा कर्फ्यु पनि लगाइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वेवास्ता गरेका छन् ।

हालै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जहाँ कारमा एक जोडी घुम्न निस्किएको देखिन्छ । उनीहरुले माक्स पनि लगाएका छैनन् । प्रहरीले उनीहरुलाई रोकेर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले बबाल मच्चाएको देखिन्छ ।

प्रहरीलाई तथानाम भन्दै उनले मुख छोडेकी छन् । कारमा मास्क नलगाई हिँडेको देखेपछि दरयानीगंज क्षेत्रमा प्रहरीले कार रोकेर ती जोडीलाई मास्क किन नलगाएको भनेर प्रश्न गरेका थिए। चर्को स्वरमा प्रतिक्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई कारवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रहरीलाई ह प्का एकी थिइन्।

ती महिलाले आफूले श्रीमानलाई चु म्ब न गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रतिप्रश्न गरेपछि प्रहरी जवाफ विहिन भएको थियो । त्यती मात्र होइन उनी कारवाट निस्केर पाखुरा सु र्क दै प्रहरीलाई गा ली गरेको समेत भिडियोमा देख्न सकिन्छ । दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू जारी गरिएको थियो।

सोमबारदेखि भने एक हप्तासम्म लकडाउन नै घोषणा भएको छ। करफ्यूको नियम तो ड् दै ती जोडी बाहिर निस्किएका थिए। हाल दुवैलाई पक्राउ गरेर हिरासतमा लिइएको छ। पुरुषको नाम पंकज हो भने महिलाको नाम आभा भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता